लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीद्वारा गजुरीमा स्वास्थ्य शिविर सम्पन्न

Avatar photo
Dhadingpost
असार ३२, २०८२

धादिङ । गत हप्ता मात्रै धादिङबेसीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको लायन्स क्लब अफ काठमाडौं सूर्यमुखी धादिङले मंगलबार गजुरीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

क्लबका अध्यक्ष विक्रम विश्वकर्मा अनुसार गजुरी ६ जरे बगैंचामा बृहत विशेषज्ञ सेवा सहित भएको उक्त निशुल्क स्वास्थ्य शिविरमा ३१९ महिला र ८२ पुरुष सहित ४०१ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

शिविरमा के-के सेवा प्रदान गरिएको थियो ?
१. दम, सुगर, प्रेसर तथा मुटुरोग सेवा
२. हाडजोर्नी तथा नशा रोग सेवा
३. बालरोग सेवा
४. स्त्री तथा प्रसुति रोम सेवा
५. दन्त रोग सेवा
६. मानसिक रोग सेवा
७. भिडियो एक्सरे सेवा
८. निःशुल्क औषधी वितरण
९. छाती तथा दम रोग, सुगर, प्रेस पेट, टाउको, मृगौला, हाडजोर्नी, तथा नशा, मानसिक रोग आदि सँग सम्बन्धी

शिविरमा धादिङ अस्पतालका डा. दिनेश रेग्मी, डा. रामचन्द्र रिजाल, डा. पुजा ब्रजाचार्य, डा. सविन भण्डारी, डा. अशोक छत्कुली, डा. प्रियजन पाण्डे, डा. अनिल गुरुङ, सम्झना बराइ‌ली लगायतका चिकित्सकहरुले सेवा प्रदान गरेका थिए ।