नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघमा धादिङका दुई जना निर्वाचित

Avatar photo
Dhadingpost
बैशाख १९, २०८२

धादिङ । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्ष र उप महासचिवमा धादिङका दुई जना निर्वाचित भएका छन् ।

उपाध्यक्षमा निर्वाचित सुनिल थापा धुनिबेसीका हुन् भने उप महासचिवमा निर्वाचित यादवलाल श्रेष्ठ सिद्धलेक गाउँपालिकाका हुन् ।

अधिवेशनले दाङका उमाकान्त शर्मा अध्यक्ष उमाकान्त शर्मा, बरिष्ठ उपाध्यक्षमा शुरेस खत्री, उपाध्यक्षमा सुनिल थापा, महा सचिवमा मेजरशम्सेर कुवर (महेश), उपमहासचिवमा यादबलाल श्रेष्ठ, सचिवमा शेर बहादुर कुवर, कोषाध्यक्षमा भरत भन्डारी र सह कोषाध्यक्षमा दान बहादुर बोगटी (डि.बी.), रहेको ४५ सदस्यी नयाँ कार्यसमिति गठन गरेको छ गरेको छ भने समितिमा अब ८ जना मनोनित हुने छन् ।