
धादिङ । बागमती प्रदेशका पूर्वमुख्य मन्त्रि एवम् केन्द्रिय सदस्य शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न नेपाल कम्युमिष्ट पार्टी (माओवादी केन्द्र) गल्छी गाउँपालिकाको बैठकले जनवर्गिय संगठनहरुलाई क्रियाशिल बनाउने निर्णय गरेको छ ।
जस अनुरुप वाईसिएलको वडा भेला बैशाख ६ गते र पालिका भेला १३ गते गर्ने निर्णय भएको माओवादी केन्द्र बामती प्रदेश सदस्य एवम् गल्छी इन्चार्ज रामकृष्ण रिमालले धादिङपोष्टलाई बताए ।
यस्तै बैठकले बैशाख १५ गते वडा स्तरीय महिला भेला, १८ गते दलित मुक्तिमोर्चाको भेला, २० गते किसानको भेला गरेको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि जम्कट्टेलले ०८४ को मिसन सफल पार्न जनवर्गिय संगठनहरु क्रियाशिल बनाउनु पर्ने जोड दिँदै अब नाम मात्रैको संगठन बनाएर हुँदैन समय दिन नसक्नेले जिम्मेवारीमा नबस्न र जिम्मेवारीमा बसेपछि काम नगर्न भ्याईन भन्न नपाईने निर्देशन दिएका थिए ।
