
धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका-५,सुकभञ्ज्याङमा रहेको हिलेपोखरी आधारभूत विद्यालयको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य समारोहका बीच बनाईएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञ बहादुर भुजेलको अध्यक्षता तथा गङ्गाजमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गङ्गाजमुना गाउँपालिका प्रवक्ता तथा ५ नं। वडा अध्यक्ष कुमार बहादुर अधिकारी, शिक्षा अधिकृत मान बहादुर बोहराको विशेष आतिथ्यता रहेको थियो ।
३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा भएको वडा स्तरीय कक्षा १-३ को म्युजिकल चियर प्रयोगिता र कक्षा ४-५ को नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा ११ वटा विद्यालयहरुको सहभगिता रहेको थियो ।
कक्षा १–३ तर्फ
सायल गुरुङ- ढाडखर्क आ.वि –प्रथम
युनिशा गुरुङ- कुवापानी आ.वि- द्वितीय
स्नेहा घले सरस्वती आ.वि -तृतीय
मौसम बि क (मण्डली मा. वि.) – सान्त्वना
कक्षा ४-५ को नृत्य प्रतियोगितामा
मण्डली मा.वि.– प्रथम
सुन्दर आधारभुत विद्यालय -द्वितीय
ढाँडखर्क आधारभुत विद्यालय- तृतीय
हिलेपोखरी आधारभुत विद्यालय- सान्त्वना
हिलेपोखरी आविको संक्षिप्त इतिहास
साविकको फूलखर्क गाविस वडा नं. ६ मा अवस्थित यस हिलेपोखरी आधारभूत विद्यालय वि.सं. २०४५ सालमा यस ठाउँमा पानीको स्रोत नभए तापनि अन्यत्र ठाउँबाट पानी ल्याई पोखरी बनाएको हुँदा यसै पोखरीको नामबाट यस विद्यालयको नामाकरण गरेको हो । वि.सं. २०४६ मा औपरचारिक कक्षा संचालन अनुमति पाएको भए तापनि वि.सं. २०४५ सालमा यसै वडा निवासी भोजराज रेग्मीको सक्रियतामा एकिकृत ग्रामीण विकास योजनाबाट सामुदायिक भवन निर्माण गरी त्यही सामुदायिक भवनमा विद्यालय संचालन गर्ने उदेश्यले यसै वडा निवासी स्वः भिम बहादुर अधिकारी अध्यक्ष, सचिव धुव्रकुमार वानियाँ र कोषाध्यक्ष उत्तर बहादुर भूजेल रहने गरी आर्थिक संकलन तथा विद्यालय संचालन समिति गठन गरिएको थियो । संस्थापक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वः भिम बहादुर अधिकारी र विद्यालयको पहिलो प्रधानाध्यापक तथा शिक्षक बालकृष्ण थापा थिए । विद्यालयले कटुसको स्याउलाको छानोबाट आफ्नो यात्रा सुरु गरी बिस्तारै बिस्तारै बामे सरेको हो ।वि।सं।२०५० सालमा कक्षा ४ र वि.सं. २०५१ मा कक्षा ५, वि.सं. २०५५ र २०५६ सालमा कक्षा ६ र ७ संचालन अनुमति पाएको हो ।
विद्यालयले स्थापनाकालदेखि हालसम्म विद्यालयले शैक्षिक गतिविधिमा उल्लेख्य प्रगति गरेको देखिन्छ। वि.सं. २०६८ सालदेखि कक्षा ८ परीक्षा दिन सुरु गरेको हाम्रो यस विद्यालयले हालसम्म हरेक कक्षा ८ को परीक्षामा सन्तोषजनक नतिजा ल्याउन सफल भएको प्रधानाध्यापक कृष्ण रानामगरले धादिङपोष्टलाई बताए ।
