धादिङमा १२ जनाले लिए कबड्डी निर्णायक तालिम

Avatar photo
Dhadingpost
अशोज २०, २०८०

धादिङ । बागमती प्रदेश कबड्डी संघको सहयोग तथा धादिङ जिल्ला कबड्डी संघ धादिङको आयोजनामा भएको तालिममा धादिङका १२ जनाले कबड्डी निर्णायक तालिम दिएका छन् ।

धादिङबेसीमा शुक्रबार र शनिबार दुई दिन चलेको उक्त तालिममा जिल्ला अध्यक्ष रत्नेश यादव सहित मनिश श्रेष्ठ, विनोद मगर, राजन मगर, महेन्द्र ढुङ्गाना, सुदिप अधिकारी, रञ्जित श्रेष्ठ, विशाल सापकोटा, अनु गुरुङ, दिनेश भेजुल, रञ्जित श्रेष्ठ र विवेक मानन्धर प्रशिक्षित भएका हुन् ।

तालिक समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तमाङले स्थापनाको छोटो समय मै कबड्डी संघले फड्को मारेको बताएका थिए । सबै संघहरुले खेलकुद गतिविधि सँगै प्रशिक्षित हुन आश्यक रहेको बताउँदै जिल्ला मै रेफ्री उत्पादनमा ध्यान दिन आग्रह गरेका थिए ।