
धादिङ । धादिङमा ०७६ साल कार्तिक ३० गते धादिङ मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघले प्रथम अधिवेशन गरी संगठित बनेका थिए । यहि संघले शनिबार दोस्रो अधिवेशन गरि नयाँ कार्यसमिति गठन गरेको छ ।
नवगठित कार्य समितिको अध्यक्षमा नारायण श्रेष्ठ, उपाध्यक्षमा सन्तोष अधिकारी, कोषाध्यक्षमा रेशम श्रेष्ठ, सचिवमा जलिन मिया, सह-सचिवमा ईश्वर श्रेष्ठ र सदस्यहरुमा शरण कुमार श्रेष्ठ, गुण नारायण श्रेष्ठ, राम श्रेष्ठ, प्रेम राज रेग्मी, प्रकाश अधिकारी, नवराज श्रेष्ठ, नस्रुल आलम, करण यादव रहेका छन् ।

