धादिङमा मोबाईल व्यवसायीहरु संगठित

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक ३०, २०७६

धादिङ कार्तिक ३० । धादिङमा रहेर मोबाईल फोनको विक्रि वितरण गर्ने व्यवसायीहरु संगठित बनेका छन् । धादिङ जिल्लामा छरिएर रहेका मोबाईल व्यवसायीहरुले धादिङबेसीमा प्रथम अधिवेशनको आयोजना गरि संगठित बनेका हुन् ।

अधिवेशनले प्रकाश भट्टको अध्यक्षतामा १३ सदस्यीय मोबाईल व्यवसायी संघ धादिङ गठन गरेको छ । नव गठित समितिको पदाधिकारीमा उपाध्यक्ष नारायण श्रेष्ठ, सचिव नविराज श्रेष्ठ, सहसचिव सन्तोष अधिकारी कोषध्यक्ष रेशम श्रेष्ठ चयन भएका छन् ।