सिद्धलेकले माघ १८ देखि जलेश्वरीमा रनिङ शिल्ड गर्ने

Avatar photo
Dhadingpost
माघ ११, २०७९

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले माघ मसान्त भित्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरि खेलाडी छनोट गर्न पत्रचार गरे सँगै सिद्धलेक गाउँपालिकाले माघ १८ देखि २० गते सम्म सलाङ स्थित जलेश्वरी माविमा रनिङ शिल्ड गर्ने भएको छ ।

१ नीजी र १३ सरकारी गरी १४ वटा माध्यामिक विद्यालय रहेको सिद्धलेक गाउँपालिकाले सबै विद्यालयहरुलाई सहभागि गराउने गरि तयारी गरेको जलेश्वरी माविका खेल शिक्षक सन्दिप थापामगरले धादिङपोष्टलाई बताए । सिद्धलेकले यस प्रतियोगिता संचालनार्थ ८ लाख रुपौंया विनियोजन गरेकोछ ।

निलकण्ठ नगरपालिकाले माघ १३ देखि १५ गते सम्म, धुनीबेसी नगरपालिकाले १९ देखि २१ गते सम्म, थाँक्रे गाउँपालिकाले २५ देखि २७ गते सम्म र खनीबास गाउँपालिकाले २९ र ३० गते सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरी जिल्ला स्तरीय प्रतियोगिताको लागि खेलाडी छनोट गर्ने तालिका सार्वजनिक गरेका छन् ।