धादिङमा सबै स्थानीय तहले गर्लान त ? राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

Avatar photo
Dhadingpost
पुस २२, २०७९
धादिङको ११ औं राष्ट्रपति रनिङ शिल्ड जितेपछि सामुहिक फोटो खिचाउँदै धुनिबेसी नगरपालिकाको खेलाडी तथा खेल शिक्षकहरु

धादिङ । बागमती प्रदेश खेलकुद परिषदको परिपत्र अनुसार धादिङ खेलकुद विकास समिति धादिङले पनि स्थानीय तहलाई सबै माध्याकि तहमा खेल उत्सवको रुपमा मनाउँदै पालिका छनोट गर्न स्थानीय तहलाई पत्रचार गरेको छ ।

२ नगर पालिका सहित १३ स्थानीय तह रहेको धादिङमा ११ औं राष्ट्रपति रनिङ शिल्डमा ७ वटाले महत्व दिएनन् भने ६ वटा स्थानीय तहले मात्रै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गराएका थिए । प्रदेश सरकारले पालिका छनोटको लागि सिधै १ लाख गाउँपालिकाको खातामा हाल्दिएपनि रकम अपुग भएको भन्दै ७ वटा पालिकाले प्रतियोगिता गराएका थिएनन् ।

११ औं जस्तो भएपनि यो १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियषेगितामा धादिङका सबै पालिकाले सहभागिता जनाउनेमा आफु विस्वस्त रहेको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ बताउँछन् ।

एथ्लेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते, उसु खेलहरु समाबेस हुने यस प्रतियोगितमा १९ वर्ष मुनिका खेलाडीहरुले भाग लिनपाउने छन् । यो प्रतियोगिता माघ मसान्त सम्म स्थानीय तहले गरि सक्ने छन् भने जिल्ला छनोट फागुन पहिलो हप्तामा गर्ने धादिङपोष्टलाई अध्यक्ष तामाङ बताए ।