धादिङ महोत्सवमा पुस १६ गते साँझ भिटेन ल्याईदै

Avatar photo
Dhadingpost
पुस ६, २०७९

धादिङ । नेपालका महंगो कलाकार मध्य पर्ने र्‍यापर भिटेन (समिर घिसिङ) लाई धादिङ महोत्सवमा ल्याईने भएको छ । महोत्सव आयोजक समिति आफैले भिटेन ल्याउन भने लागेको हैन । पुस १६ गते साँझ ५ बजे देखि १० बजे सम्म र्‍यापर भिटेनको प्रस्तुती रहने गरी आयोजकले त्यो समय विद्यार्थी शाहलाई बेचेको हो ।

शाहका अनुसार धादिङका विगतका महोत्सवहरुमा पनि आफु प्रत्यक्ष जोडिएको र महोत्सवमा आउने अधिकांश युवा पुस्ताले भिटेन खोजेकोले यो पटक आफुले महोत्सव आयोजक सँग समय किनेर भिटेन ल्याउन लागेको बताए ।

उनका अनुसार पुस १६ गते साँझ ५ देखि १० बजे सम्म भिटेन ग्रुपको प्रस्तुती रहनेछ । र्‍यापर भिटेनको प्रस्तुती अवधिभरको लागि प्रति टिकट रु.५०० पर्नेछ । अनलाईबाट समेत टिकट बुकिङ गर्न सकिन्छ भने महोत्सव स्थलमा पनि टिकट काउण्टर राखिने उनले बताए ।