
धादिङ । बागमती प्रदेश खेलकुद परिषदले जिल्ला खेलकुद विकास समिति धादिङको सदस्यमा मरियम तामाङलाई नियुक्त गरेको छ । ५ सदस्यीय हुने जिल्ला समितिमा अब मरियम सँगै ३ सदस्य भएको छन् अझै प्रदेश खेलकुद परिषदले दुई जना चयन गर्न बाँकी छ ।
प्रदेश सरकारमा रहेका राजनीतिक दलहरुको भागबन्डाका आधारमा राजनीतिक नियुक्ति हुने जिल्ला खेलकुद विकास समितिमा अध्यक्षमा माओवादी केन्द्रका प्रतापसिंह तामाङ छन् भने यस अघि कांग्रेसको प्रस्तावमा अनिश अधिकारीले गत असोज दोस्रो साता नियुक्ती लिईसकेका छन् भने, एकीकृत समाजवादीको तर्फबाट मरियम तामाङले गत साउन ४ गते नै नियुक्ति लिएको पत्रमा जनाईए पनि पत्र बुधबार मात्रै सार्वजनिक भएको छ ।
नियुक्त भएको ३ जना नै खेलाडी तेक्वान्दोका प्रशिक्षक हुन् । अब नियुक्त हुन बाँकी २ सदस्य पनि सत्ता गठबन्धनबाटै नियुक्त हुने छन् ।
