प्रदेश गौरबको काम अगाडी बढाउन रुबीभ्याली पुगे मन्त्रालयका सचिव

Avatar photo
Dhadingpost
मंसिर २७, २०७९

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकालाई मागमती प्रदेश सरकारले प्रदेश गौरबको आयोजनाको रुपमा बिकास गर्ने निर्णय गरे सँगै यो वर्ष १० करोड विनियोज गरेको थियो ।

उक्त प्रदेश गौरबको काम तत्काल अगाडी बढाउन बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका सचिव शंकर पण्डित रुबीभ्याली पुगेका छन् । उनलाई पालिका अध्यक्ष रामसिंङ तामाङ, उपाध्यक्ष फे लामा तामाङ, पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लगायतले स्वागत गरेका थिए ।

सचिव पण्डितले प्रदेश गौरबको आयोजनाले के कसरी कुन बिषयलाई प्राथमिकता दिने भन्ने बिषयमा छलफल चलाउँदै, आफ्नो सेवा अवधिमा पाएको अनुभवलाई पिछडिएको रुबिभ्यालीको बिकासमा पनि समन्वय गरी अघि बड्ने प्रतिवद्धता जनाएका थिए ।