
काठमाडौं । समानुपातिकतर्फबाट छानिने सांसदको टुंगो लागेसँगै कांग्रेसमा संसदीय दलको नेता बन्न रस्साकस्सी सुरु भएको छ । पार्टीभित्र प्रधानमन्त्रीका आकांक्षीले दलको नेताको तयारीलाई तीव्र पारेका छन् । ६ नेताले आकांक्षा राखे पनि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले तयारी तीव्र पारेका छन् ।
सदीय दलको नेता निर्वाचित हुन ५०% भन्दा बढी अर्थात् कम्तीमा ४५ सांसदको समर्थन हुनुपर्छ, अहिलेको अंकगणितले कांग्रेसका ८९ मध्ये देउवाको पक्षमा ५५ सांसद देखिन्छन्, महामन्त्री थापाले समूहबाहिरबाट कम्तीमा ११ भोट तान्न सके मात्रै देउवालाई चुनौती दिन सक्छन्न ।
संस्थापन पक्षका सांसद
प्रत्यक्ष (३३) : शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, प्रदीप पौडेल, दुर्लभ थापा, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश रिजाल, किशोरसिंह राठौर, विनोदकुमार चौधरी, पूर्णबहादुर तामाङ, खमबहादुर गर्बुजा, डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, दीपक खड्का, सीता गुरुङ, ऐनबहादुर शाही ठकुरी, अजयकुमार चौरसिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की, ज्ञानेन्द्रबहादुर कार्की र डा. नारायण खड्का
समानुपातिक (२२) : शान्ति विक, रूपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, माया राई, मनोरमा शेरचन, अम्बिका बस्नेत, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, जाबेदा खातुन जागा, डा. प्रकाशशरण महत, विमलेन्द्र निधि र अञ्जनी श्रेष्ठ
इतर पक्षका सांसद
प्रत्यक्ष (२४) : डा. शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, रामनाथ अधिकारी, योगेश गौचन थकाली, सञ्जयकुमार गौतम, दीपक गिरी, चन्द्र भण्डारी, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईं, राजेन्द्र केसी, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, सुरेन्द्रराज आचार्य, सन्तोष चालिसे, तेजुलाल चौधरी, राजु थापा, धनराज गुरुङ र बद्री पाण्डे
समानुपातिक (१०) : सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, जीवन परियार, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापा र मैना रावल । नयाँ पत्रिकाबाट
