अर्जेन्टिना र नेदरल्यान्ड्स क्वाटरफाइनल प्रवेस

Avatar photo
Dhadingpost
मंसिर १८, २०७९

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरण पार गर्दै शनिबार अर्जेन्टिना र नेदरल्यान्ड्स क्वाटरफाइनल प्रवेस गरेका छन् ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार भएको राउण्ड अफ १६ को खेलमा अमेरिकालाई ३(१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो ।

यस्तै अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २(१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सको सामना गर्नेछ ।