सरकार र विप्लव नेतृत्वको नेकपा बीच वार्ता

Avatar photo
Dhadingpost
मंसिर १५, २०७९

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेकपा नेतृत्व बीच बिहीबार वार्ता भएको छ ।

भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रशासनमै रहेका मुद्दा प्रशासनिक प्रक्रिया र राजनीतिक तवरबाट टुंग्याउने र अदालती प्रक्रियामा पुगेका मुद्दालाई टुंग्याउन वर्तमान कानुनले अफ्ट्यो पर्ने भएमा संशोधन गरेर भए पनि टुंग्याउने निर्णय गरेको थियो यस विषयमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले तत्काल कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

वार्ताको क्रममा गृहमन्त्री खाणले ‘सरकारको निर्णय कार्यान्वयन गर्न प्रतिबद्ध छौं। केही प्रशासनिक तवरबाट हुने निर्णय भइसकेका छन्। अदालती प्रक्रियामा गएका मुद्दाहरूबारे पनि प्रक्रिया अगाडि बढिसकेको छ। निर्णय अनुसार कार्यान्वयन हुने बताएका थिए ।