धादिङकाद्वय धमला र मल्ल काठमाडौंमा पराजित

Avatar photo
Dhadingpost
मंसिर ७, २०७९

धादिङ । माओवादी केन्द्रको महिला नेतृ धादिङ ज्यामरुङ निवासी कल्पना धमला सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा काठमाडौं ९ मा प्रतिस्पर्धा गरेकी थिईन् । यस क्षेत्रमा एमालेका कृष्ण गोपाल श्रेष्ठ ११ हजार ९५६ मत ल्याई विजयी हुँदा धमला तेस्रो स्थानमा रहँदै ६ हजार ४०२ मतमा सिमित रहिन् । श्रेष्ठका प्रतिद्वन्दी रहे द्दण्टी चुनाव चिन्हका टेकबहादुर पोखरेल उनले १० हजार ९५१ मत ल्याउ सफल भए ।

यस्तै धादिङ त्रिपुरासुन्दरी गाउँपालिका निवासी ध्रुव विक्रम मल्ल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं ७ बाट चुनाव लडेका थिए । यस क्षेत्रमा घण्टी चुनाव चिन्हका गणेश पराजुलीले ८७४३ मत ल्याई विजयी हुँदा मल्ल पाँचौ नम्बरमा पछाडी पर्दै पराजित भए । पराजुलीका प्रतिद्वन्दी नेकपा एमालेका श्याम कुमार घिमिरे रहँदा सत्ता गठबन्धनको उम्मेदवार मानुषी यमि भट्टराई तेस्रो बनेकी थिईन् ।