
नुवाकोट । हिन्दु धर्मावलम्बीहरुको संस्कार अनुसार क्रियापुत्र बसेका छोराहरुले १३ दिन सम्म एकान्त ठाउँमा सफा सुगर गरी सेतोवस्त्र पहिरिएर बस्नुपर्दछ त्यस अवधिमा सकेसम्म बाहिरी मान्छेहरु संग दोहोरो बोलचाल समेत गर्न मिल्दैन भन्ने प्रचलन समाजमा रहिआएको पाइन्छ ।
यद्यपी नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर १३ का स्थानीय बासिन्दा चारभाई क्रमशः लोक बहादुर थापा, रमेश थापा, राम कुमार थापा, केशर थापाले भने यो प्रथा तोडेर सोहि स्थानमा रहेको मतदान केन्द्र बागेश्वरी निमाविको वुथमा भने क्रियापुत्री बसेका चारै भाईले स्वतन्त्रका उम्मेदवारलाई घन्टी चिन्हमा मतदान गरेका छन् , नुवाकोटबाट डिबि तामाङले हामीलाई बताए ।
नयाँ युवा पुस्ताले देशको विकास गर्नेछ भन्ने विश्वासका साथ आफुहरुले शोकमग्न घडीको प्रवाह नगरीकन अमूल्य मत घण्टीलाई दिएको बताए । उनीहरुको पिता टिका थापाको गतहप्ता मात्रै उपचारकै क्रममा काठमाडौंमा निधन भएका थिए ।
