
काठमाडौं । घरेलु टोली नेपालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई १(० गोल अन्तरले हराएको हो ।
दोस्रो हाफ फितलो बनेपनि नेपालले गोल गर्न सफल भयो । नेपालको जितमा अन्जन विष्टले निर्णायक गोल गरे । ८३औं मिनेटमा अन्जनले सुनिल बलको क्रस पासलाई सदुपयोग गरेका हुन् । उनको यो ११औं अन्तर्राष्ट्रिय गोल हो ।
विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकाएपछि झन्डै साँढे तीन वर्षपछि मैदान फर्किएको पाकिस्तानले पनि केही आक्रमण खेलेपनि गोल भने गर्न सकेन ।






