
धादिङ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले यहि कार्तिक ३० गते धादिङबेसीमा चुनावी चिन्ह प्रचार प्रसारका लागि र्याली गर्ने केन्द्रिय उप सभापति डीपी अर्यालले धादिङपोष्टलाई बताए ।
धादिङ क्षेत्र नम्बर १ मा कमेडी च्याम्पियन हिमेश पन्त र धादिङ २ मा बसुमायाँ तामाङलाई प्रत्यक्ष तर्फ उम्मेदवार बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव प्रचारको क्रममा धादिङबेसीमा कार्तिक ३० गते बिहान ८ बजे र्याली गर्ने भएको हो ।




