
काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा भएको टी(२० विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्याण्ड हराउँदै पाकिस्तान फाईनल प्रवेस गरेको छ । न्युजिल्याण्ड दिएको १५३ रनको लक्ष्य पाकिस्तानले ५ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्दै फाईनल प्रवेस गरेको हो ।
ओपनरद्वय मोहम्मद रिजवान र बाबर अजामले अर्धशतक प्रहार गरे । यो जोडीले पहिलो विकेटका लागि १०५ रनको साझेदारी गर्दै जितको आधार तया पारेका थिए । रिजवानले ४३ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५७ रन बनाए । कप्तान बाबरले ४२ बलमा ५३ रन बनाउने क्रममा ७ चौका प्रहार गरे । मोहम्मद ह्यारिसले २६ बल खेल्दै २ चौका र १ छक्का मदतमा ३० रन बनाए । शान मसुद ३ रनमा अविजित रहे । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए । मिचेल सान्टनरले १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ४ विकेट गुमाएर १५२ रन बनाएको थियो । न्युजिल्याण्डका लागि डारेल मिचेलले अविजित हरँदै सर्वाधिक ५३ रन बनाए । उनले ३५ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान केन विलियम्सनले ४२ बल खेल्दै ४६ रन बनाए । विलियम्सन र मिचलले चौथो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।
डेभोन कनवेले २१ रन जोड्दा फिन एलन ४ र ग्लेन फिलिप्स ६ रनमा आउट भए । जेम्स निसम १६ रनमा अविजित रहे । पाकिस्तानका लागि साहिन शाह अफ्रिदीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । मोहम्मद नवाले १ विकेट लिए । नवाजले ग्लेफ फिलिप्सलाई कट एण्ड बोल्ड गरेका थिए ।
सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्षपछि र समग्रमा तेस्रो पटक टी-२० विश्वकपको फाइनल पुगेको हो । सन् २००७ मा भएको पहिलो संस्करण फाइनलमा भने पाकिस्तान भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो । बिहीबार दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले आइतबार फाइनलमा पाकिस्तानसँग खेल्नेछ ।


