
धादिङ । राष्ट्रिय तथा अन्तराष्ट्रि प्रतियोगिता खेलि सकेका ४० वर्ष माथिका भेट्रान्स ४० टिम काठमाडौं सँग धादिङ क्रिकेट संघले यहि कार्तिक २६ गते शनिबार मैत्रिपूर्ण टी-२० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रि प्रतियोगिता खेलिसकेका खेलाडीहरु सम्मिलित भेट्रान्स ४० टिम काठमाडौं र धादिङ क्रिकेट संघ बीच हुने उक्त मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता धादिङ बेनीघाट स्थित विशालटार खेल मैदानमा हुनेछ ।
भेट्रान्स ४० टिममा धादिङ बाहिरका खेलाडी हुने छन् भने धादिङ क्रिकेट संघको टिममा पनि धादिङका ४० वर्ष माथिका खेलाडी सहभागी गराईने र ४० प्लसका खेलाडीले टिम नपुग्दा संघका कार्यसमिति सदस्यहरुलाई सहभागी गराईने अध्यक्ष दिपेश कडेलले बताए ।
धादिङमा हामी कसरी क्रिकेट प्रमोड हुन्छ ? तयारीमा लागि रहेका छौं तिहार अगाडी जिल्ला स्तरीय अन्तर पालिका प्रतियोगिता सकिसकेका छौं । शनिवार भेट्रान्स ४० काठमाडौं सँग खेल हुन्छ । त्यस लग्गतै छिमेकी जिल्ला स्तरीय खेल खेल्ने तयारीमा छौं भने अण्डर-१९ र अन्तर क्लव स्तरीय प्रतियोगिताको तयारी समेत भएको अध्यक्ष कडेलले धादिङपोष्टलाई बताए ।

