
काठमाडौं । पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनसिप २०२२ को ‘फल इडिसन’ मा नेपालको डीआरएस गेमिङ टिमले उप विजेता हुँदै २८ हजार अमेरिकी डलर (करिब ३६ लाख रुपैयाँ) जितेको छ । फाईनलमा मंगोलियाको गडलाइट स्टलवार्ट सँग पराजित हुँदै प्रथम पुरस्कार गुमाउँदै नेपालको डीआरएसले उपविजेता बन्न सफल भएको हो ।
यस ‘फल इडिसन’ बाट नेपालबाट डीआरएसले सहित स्काइलाइट र ट्रेन्ड टु किलले पनि ग्लोबल च्याम्पियनसिपमा छनोटमा आफ्नो स्थान पक्का गरेका छन् । छनोट चरण पार गरेका १६ टिमले प्रतिस्पर्धा गरेको च्याम्पियनसिपमा नेपाल र पाकिस्तानका ६–६ टिम थिए भने मंगोलियाका चार टिम सहभागी थिए । यस छनोट प्रतियोगितामा नेपालीहरु डीआरएसले दितिय हुँदै २८ हजार डलर (करिब ३६ लाख रुपैयाँ), तृतिय हुँदै स्काइलाइटले १८ हजार (२३ लाख), ट्रेन्ड टु किलले पाँचौं हुँदै ७ हजार डलर प्राप्त गरे ।
क्षेत्रीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेसँगै डीआरएस, स्काइलाइट र ट्रेन्ड टु किल पब्जी मोइबाल ग्लोबल च्याम्पियनसिप २०२२ मा छनोट भएका छन् । कुल ४० लाख डलर पुरस्कारको ग्लोबल च्याम्पियनसिप २०२२ नोभेम्बर १० देखि २०२३ जनवरी ८ सम्म हुनेछ, जहाँ विश्वका विभिन्न क्षेत्रबाट छनोट भएका ४८ टिमले जाकार्ता र क्वालालम्पुरमा प्रतिस्पर्धा गर्नेछन् ।
