
धाधादिङ । धादिङको सदरमुकाम स्थित एड्भान्स एकेडेमीमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको मेमोरी गेम सम्पन्न गरिएको छ ।
कक्षा १ देखि ३ सम्मको प्रतियोगितामा कक्षा ३ की छात्रा सुस्मिता गुरुङ प्रथम भइन् भने कक्षा तीनकै छात्र शिरिष तामाङ द्वितीय र कक्षा २ की छात्रा सुप्रिया कोइराला तृतीय भएका छन् । त्यसैगरी कक्षा ४ र ५ को प्रतियोगितामा कक्षा ५ बाट आयाम खतिवडा प्रथम भएका छन् भने कक्षा ४ का रिदम श्रेष्ठ र क्रिसु श्रेष्ठ क्रमस: द्वितीय र तृतीय भएका छन् ।
विद्यालयको अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा सञ्चालन गरिएको उक्त प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक र रोचक सहभागिता रहेको थियो । विद्यालयमा यस्ता अतिरिक्त क्रियाकलापहरू नियमित सञ्चालन गर्दा विद्यार्थीहरूको वौद्धिक क्षमता बढ्नुका साथै उनीहरूको चौतर्फी विकासमा टेवा पुग्ने विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठले जानकारी गराउनुभयो ।
