
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट काठमाडौंमा सुरु हुँदैछ । यो प्रतियोगित कार्ति २६ गते सम्पन्न हुनेछ ।
प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरि कुल १० टोली खेल्ने छन् । समूह ए मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश छन् । समूह बी मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेश र प्रदेश एक छन् । पहिलो दिन आज आर्मी र एपीएफबीच प्रतिस्पर्धा हुने छ ।
क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको विजेताले १० लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ५ लाख, सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् । त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन् । हरेक खेलको प्लेयर अफ द म्याचले ५ हजार पाउने छन् । प्रतियोगिताको कुल बजेट १ करोड ५० लाख रहेको क्यानले जनाएको छ । जसमा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ६० लाख उपलब्ध गराउने क्यानले जनाएको छ ।
यस्तो छ बागमतीको टीम
ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बाँस्कोटा, रित गौतम, विवेक रानामगर, दुर्गेश थापा (विकेटकिपर), आशुतोष घोईरोइया, ईशान पाण्डे, नन्दन यादव, रामनरेश गिरी, प्रतिश जि.सी., रिजन ढकाल, सूर्य तामाङ, तिलकराज भण्डारी र सोनु सोनु देवकोटा ।
