
धादिङ । सिद्धलेक गाउँपालिका २ नलाङ आप्रिछाप, बगैचाटारमा आजबाट दिपावली, नेपाल सम्बत् र छठ पर्वको अवसरमा पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ ।
जन जागृति युवा समाज सिद्धलेक आप्रिछापको आयोजनमा हुनलागेको यस प्रतियोगिताका विजयी टिम प्रथमले ३० हजार, द्वितिय टिमले २० हजार र तृतिय हुने टिमले १० हजार जित्ने छन् ।
आज उद्घाटनको दिन २ खेल मात्रै हुने छ भने भोलिबाट बिहानै देखि गेम हुने आयोजक संस्थाका सन्देश अर्यालले धादिङपोष्टलाई बताए ।
