धादिङका १३ खेलाडीले जिते नवौं खेलकुदमा पदक

Avatar photo
Dhadingpost
कार्तिक ५, २०७९

धादिङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १ सय ७२ स्वर्ण पदकसहित कुल ३ सय ७१ पदकसहित विभागिय टिम नेपाल आर्मी च्याम्पियन बन्दै ट्रफी उचाल्यो । नेपाल आर्मीको यो सफलतामा धादिङका दश पदक विजेता खेलाडी मध्य धादिङका सात जनाले योगदान गरेका छन् । आर्मीको जितका लागि धादिङका बक्सिङ चार जना, एथ्लेटिक्स एक, तेक्वान्दो पुम्से एक जना, भलिबलमा एक जना छन् ।

आर्मीका लागि धादिङका ७ खेलाडीहरु वक्सिङ तर्फ गणेश प्रधान, दिपक श्रेष्ठ, आशिष दुवाडीले स्वर्ण र लालु आलेमगरले कास्य पदक जिते यस्तै आर्मी बाटै दिपक अधिकारीले एथ्लेटिक्समा स्वर्ण र राम कुमार पोखरेल तेक्वान्दो पुम्सेमा रजत पदक, भलिबल तर्फ रामशरण सामरी कास्य जितेका छन् । आर्मीबाटै हायण्डबल सम्झना कुमालले स्वर्ण र कुस्तीमा कोपीला मगरले कास्य पदक जितेका छन् ।

यस्तै एपीएफको उपाधीको लागि धादिङबाट एक जनाले योगदान गरेका छन् एपीएफ तर्फ लक्ष्मण मल्ले रोड बाईक र रोड रेसमा दुई कास्य पदक जिते । विभागिय टिम बाहिर बागमती प्रदेशबाट २ जनाले नवौं खेलकुदमा पदक जितेका छन् । बागमती प्रदेशका लागि धादिङका दुई खेलाडी सन्तोषी श्रेष्ठले दुई स्वर्ण पदक र एकता कुमालले कास्य पदकको योगदान गरे । सन्तोषीले १० हजार र ५ हजार मिटर दौडमा दुई स्वर्ण पदक र एकता कुमालले फुलकन्ट्याक कराँतेमा कास्य पदक जितेका हुन् ।