घण्टी चिन्ह चिनाउँदै छु, उम्मेदवार बसुमायाँ तामाङ

Avatar photo
Dhadingpost
अशोज ३१, २०७९

धादिङ । धादिङको प्रतिनीधि सभा क्षेत्र नं. २ को उम्मेदवार बसुमायाँ तामाङ यतिबेला जनताको घरदैलो गरि रहेको बताएकी छिन् । जनतालाई चुनाव चिन्ह घण्टी चिनाउँदै छु । रवि लामिछाने चिनेको, म उम्मेदवार भन्ने पनि थाहा पाएको तर चुनाव चिन्ह घण्टीबारे मतदाताहरु अनविज्ञ रहेकोले आफु चुनाव चिन्ह प्रचारमा लागेको उनले बताईन् ।

भेटका क्रममा पुरानाले भुलाउने र झुलाउने रैछन्, उनीहरुलाई पटक पटक भोट हालियो यो पटक तपाईलाई हाल्ने वचन अधिकांश मतदाताले दिएको उनी बताउँछिन् । केहि सुनौला काम गर्ने, विधि र पद्धतिको विकास गर्ने सोचका साथ राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेको छु । महिला भएकोले प्रचार प्रसारमा हिड्दा केहि असहज भएतापनि जनताको न्यानो मायाँ पाउँदा सहज भएको उनी बताउँछिन् ।

यो पटक जनताले घण्टी चुनावमा मतदान गर्दछन् यसमा आफु ढुक्क रहेको उनी बताउँछिन् । आफुले जनताको को घरदैलोमा जाँदा जनताका आधारभुत समस्य बुझ्ने र चुनाव चिन्ह बताउने गरेको उनलले बताईन् ।