धादिङ २ मा बासुमायाँको घण्टी चिन्ह

Avatar photo
Dhadingpost
अशोज २६, २०७९

धादिङ । धादिङको प्रतिनीधि सभा क्षेत्र नम्बर २ को सदस्यमा बासुमायाँ तामाङ, दुई ठुला पार्टीका ‘हेभी वेट’ उम्मेदवार एमालेका खेम लोहनी र सत्ता गठबन्धनबाट कांग्रेसका रामनाथ अधिकारी सँग घण्टी चुनाव चिन्ह लिएर चुनावी मैदानमा छिन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सह-कोषाध्यक्ष समेत रहेकि बासुमायाँले धादिङपोष्ट सँग कुरा गर्दै भनिन् , यो पटक सबै मिलि पुराना दलका पुराना नेतालाई पराजय गरौं । भ्रष्ट्रचारको अत्य, सुशासनको प्रत्याभुति र जनअपेक्षाकृत विकास गर्न आफु चुनावी मैदानमा रहेकोले यो पटक घण्टी चुनाव चिन्हमा मतदान उनको आग्रह छ ।

रुबीभ्यालीमा जन्मिएँ, ज्वालामुखी ढोलामा हुर्किएँ, अहिले सयौं महिलाहरुलाई रोजगारी दिएको छु भने, सामाजिक काममा पनि छु् । ठुला दलका महिला नेतृहरु ढाल बनेको बताउँदै धादिङ २ को उम्मेदवार आफू महिला उम्मेदवारको भएकोले पनि जनताले यो पटक चुनाव चिन्न घण्टी रोज्ने उनको दावी छ ।