धादिङमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरु

Avatar photo
Dhadingpost
अशोज २३, २०७९

धादिङ । सत्ता गठबन्धनको निर्णय अनुसार भागबण्डा अनुरुप पाएको सिट बमोजिम धादिङमा आ-आफ्नो पार्टीले उम्मेदवार टुङ्ग्याएका छन् । टिकट पाएका उम्मेदवारहरुले आज उम्मेदवारी मनोनयन गर्ने छन् ।

धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ एकीकृत समाजवादीले पाएको छ यस क्षेत्रबाट राजेन्द्र पाण्डेले टिकट पाएका छन् । यसै क्षेत्रको प्रदेश क मा कांग्रेसले उम्मेदवारका लागि मदुकुमार श्रेष्ठलाई टिकेट दिएको छ भने प्रदेश ख मा माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जमकट्टेलले टिकट पाएका छन् । उनीहरुले आईतबार क्षेत्रिय निर्वाचन कार्यलय गल्छीमा उम्मेदवारी दिने छन् ।

यस्तै धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ कांग्रेसले पाएको छ यस क्षेत्रबाट रामनाथ अधिकारीले टिकट पाएका छन् । यसै क्षेत्रको प्रदेश क बाट कांग्रेसका गाेविन्द लम्सालले टिकट पाएका छन् भने ख बाट माओवादी केन्द्रका जगत बहादुर सिंखडाले टिकट पाएका छन् ।

एमाले नेताद्वय खेम लोहनी र भुमि त्रिपाठीलाई फेरी प्रतिनीधि सभा सदस्यको टिकट दिने एमालेले निर्णय गरेको छ । प्रतिनीधि सभा क्षेत्र नं. १ का लागि त्रिपाठीलाई र क्षेत्र नं. २ बाट खेम लोहनीलाई उठाउने एमालेले निर्णय गरेको हो । यस्तै प्रतिनीधि सभा क्षेत्र नं. १ क बाट एमालेले युवा उम्मेदवार रमेश आचार्यलाई टिकट दिएको छ भने यस क्षेत्रको ख का लागि गजेन्द्र थपलियाले टिकट पाएका छन् । प्रतिनीधि सभा क्षेत्र नं. २ क मा यस अघि चुनाव जितेका डा. रामकुमार अधिकारीले नै टिकट पाएका छन् भने यस क्षेत्रको ख मा एमाले धादिङ उपाध्यक्ष धनबहादुर घलेले टिकट पाएका छन् ।