
गोरखा । भिमसेन थापा गाँउपालिका बोर्लाङ्गमा भएको गण्डकी प्रदेश अन्तर जिल्लास्तरिय भलिबल प्रतियोगिताको उपाधी तनहुँ जिल्लाले जितेको छ । फाईनलमा स्याङजा जिल्लालाई पराजित गर्दै तनहुँ जिल्ला प्रथम भएको हो । प्रथम भए सँगै तनहुँले १ लाख ३० हजार जित्यो भने उप बिजेता बनेको स्याङजाले नगद ७० हजार जितेको छ ।
आयोजकको टिम सहित ११ जिल्लाका गरी १२ टिमको सहभागीता रहेको थियो । बिजेता तथा सहभागीलाई समापन कार्यक्रमका प्रमुख अतिथी भीमसेन थापा गाउँपालिकाका प्रमुख लोकप्रसाद बञ्जाराले पुरस्कार वितरण गरेका थिए ।









































