
धादिङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ गते देखि कार्तिक २ गते सम्म हुन गहि रहेको छ यस प्रतियोगिताका लागि जिल्लाबाट सबै विधाका खेलाडीहरु छनोट भई प्रदेश स्तरीय छनोटमा सहभागि भैरहेका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको क्रिकेट सम्पन्न भई सकेको छ भने अन्य खेलहरु असोज २८ देखि हुन लागेको हो । उक्त प्रतियोगिताको लागि तेक्वान्दो बाहेकका खेलमा प्रदेशबाट खेलाडी छनोट भैसके पनि तेक्वान्दोमा दुई संगठन बीचको ‘वार’ का कारण खेलाडी तथा प्रशिक्षकहरु मर्कामा देखिएका छन् ।
नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ बीचको विवादले बागमतीमा खेलाडी छनोटमा सकस पैदा भएको छ । नेपाल तेक्वान्दो संघले प्रदेश खेलकुद परिषदको सूचना अनुसार भाद्र २० र २१ गते खेलाडी छनोट गरिएको जनाएको छ भने राष्ट्रिय तेक्वान्दो संघले उक्त छनोट एकलौटी भएको खेलकुद परिषदले नगर्न भन्दा भन्दै आफ्ना खेलाडी मात्रै जवरजस्ती छनोट गरेको आरोप लगाई रहेको बेला प्रदेश खेलकुद परिषदले असोज १० गते सूचना जारी गर्दै असोज १२ र १३ गते गर्न अव्हान गरेको छ ।
उक्त सूचनालाई नेपाल तेक्वान्दो संघले इन्कार गर्दै पुन खेलाडी छनोट हुन नसक्ने छनोट खेल भैसकेकोले असोज १२ र १३ हुने भनिएको छनोटमा नेपाल तेक्वादो संघमा आवद्ध खेलाडी र प्रशिक्षकलाई सहभागि नहुन निर्देशन गरेको छ । यदि निर्देशन नमानी उक्त प्रतियोगितामा सहभागि भए लाईसेन्स खारेज गरिने जनाएको छ ।



























