नेपाल र बंगलादेश बीचको खेल आज

Avatar photo
Dhadingpost
अशोज ११, २०७९

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ । घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल साँझ ५स्३० बजे सुरु हुनेछ ।

राष्ट्रिय टोलीको कप्तानी पुनः किरण चेम्जोङले नै गर्ने भएका छन् । किरणसहित ११ सिनियर खेलाडी तत्कालिन प्रशिक्षक अब्दुल्ला अल्मुताइरीसँगको विवाद पछि टोलीमा थिएनन् । असारमा कुवेतमा भएको एएफसी एसियन कप छनोटमा अल्मुताइरीले नवयुग श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिएका थिए । एसियन कप छनोटकै एक खेलमा पुजन उपकोरटीले कप्तानी गरेका थिए । नवयुग र पुजन दुवै बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि हुमागाईको छनोटमा पर्न सकेनन् ।

अल्मुताइरीले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएसँग किरणसहित ११ खेलाडीलाई राष्ट्रिय टोलीमा फर्कने ढोका खुलेको छ । ती ११ मध्ये केहि खेलाडी भने विदेशिएका छन् । किरण पछिल्लोपटक दशरथ रंगशालामा भएको मरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलमा कप्तानी गरेका थिए ।