नेपालले भोली घरेलु मैदानमा बंगलादेश सँग खेल्ने, टिकट अहिले सम्मकै महंगो

Avatar photo
Dhadingpost
अशोज १०, २०७९

काठमाडौं । नेपालले भोली अर्थात असोज ११ गते आफ्नै घरेलु मैदान (दशरथ रंगशालामा बंगलादेश सँग खेल्दै छ । उक्त प्रतियोगिता हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले अहिले सम्मकै महंगो टिकट शुल्क तोकेको छ ।

एन्फाका महासचिव किरण राईले सहजै फुटबल हेर्न चाहने र फुटबललाई सहयोग गर्न चाहनेका लागि ५ हजार दरको सिमित टिकट विक्री गरिने जानकारी दिएका छन् । उनका अनुसार भिआइपीतर्फका सिमिति सिटको प्रति टिकटको मुल्य ५ हजार तोकिएको छ ।

यसअघि भिआइपीतर्फ एन्फाले २ हजार रुपैयाँ सम्मको टिकट विक्री गरेको थियो । मैत्रीपूर्ण खेलका लागि भिआइपीतर्फ बाँकी सिटका लागि भने १ हजार तथा साधारण तर्फ प्रति टिकट ५ सय रुपैयाँ तोकिएको एन्फाले जनाएको छ ।

नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ । बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आईसकेको छ । बंगलादेशलाई १-० गोल अन्तरले हराएको थियो । नेपाल भने यस फिफा इन्टरनेसनल विन्डोमा पहिलो मैत्रीपूर्णको तयारीमा रहेको छ ।