नेपालकी जुरेली सँग भारतीय पुरुष रेस्लर पराजित

Avatar photo
Dhadingpost
अशोज ९, २०७९

काठमाडौं । नेपालकी रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा शनिबार आयोजित स्पर्धा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेकी हुन् ।

विजयादशमी तथा तिहारको उपलक्ष्यमा भृकुटीमण्डपमा भएको उक्त प्रतिस्पर्धामा रोयल नम्बर म्याचमा नेपाली ब्रोले अमेरिकाका जेबी पुनलाई हराएका थिए ।सिंगल्स म्याचमै पाकिस्तानका कल्हा अलीले नेपालका कृष्ण मगर र भारतका अमित दलहाले नेपालका अभिराज सिंहलाई पन्छाए ।

एकदिने प्रतियोगितामा नेपालबाट एक महिलासहित ५, अमेरिकाबाट १ तथा भारत र पाकिस्तानबाट २–२ रेस्लर सहभागी थिए । पाकिस्तानका शेर खान र नेपालका हिक्मत थपलिया (स्कोरपियो) बीचको खेल रद्द गरिएको अध्यक्ष खड्काले जानकारी गराइन् ।