बागमती प्रदेशले स्वर्ण विजेतालाई प्रोत्साहन भत्ता दिने

Avatar photo
Dhadingpost
अशोज ७, २०७९

धादिङ । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले राज्यले राष्ट्रिय खेल घोषणा गरेको जुनसुकै खेलमा स्वर्ण पदक पाउने खेलाडीलाई प्रदेश सरकारले सम्मान तथा प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

यसअघि तोकिएका खेलहरुमा मात्रै स्वर्ण पदक पाउनेलाई मात्रै दिने गरिएकोमा अब राज्यले राष्ट्रिय खेल घोषणा गरेको जुनसुकै खेलमा स्वर्ण पदक जित्ने खेलाडीलाई प्रोत्साहन भत्ता दिने बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय हो ।

खेलकुदलाई महत्वको सूचीमा राख्दै गतिविधि गर्दै आई रहेको बागमती प्रदेशको यो पछिल्लो निर्णयले थोरै भएपनि खेलाडीहरुमा केहि हौसला प्रदान गरेको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले बताए । फाईल फोटो