
धादिङ । जिल्ला क्रिकेट संघ धादिङले दशै र तिहारको बीच असोज २८ गते देखि धादिङ जिल्ला स्तरीय अन्तर पालिका टी-२० क्रिकेट प्रतियोगिता गर्ने निर्णय गरेको छ । धादिङमा २ नगरपालिका ११ वटा गाउँपालिका रहेका छन् त्यसमध्य यस प्रतियोगितामा कम्तिमा पनि ८ वटा पालिकाले भाग लिने क्रिकेट संघ धादिङको आंकलन छ ।
सम्बन्धित खेलाडीले आफ्नै पालिकाबाट खेल्नुपर्नेछ, तर पालिकाले गरेको खेलाडी छनोट प्रक्रियामा सहभागी हुँदा पनि छनोटमा नपरे अन्य पालिकाबाट खेल्न पाउने क्रिकेट संघ धादिङले नीति तय गरेको छ ।
क्रिकेट संघ धादिङका अध्यक्ष दिपेश कडेल भने जुन पालिकाको खेलाडी हो, त्यहि पालिकाबाट खेल्ने निती बनाएका छौं । कतिपय पालिकामा धेरै खेलाडी हुने र कतिपय पालिकामा टिम पनि पुर्याउन नसक्ने अवस्था हुने देखिएकोले संबन्धित पालिकाको छनोट प्रक्रियामा भाग लिएको तर छनोटमा नपरेका खेलाडीलाई अन्य पालिकाबाट खेल्न छुट दिईने उनले बताए ।
प्रतियोगिता बेनीघाट रोराङ स्थित चन्द्रोदय मावि विशालटारको खेल मैदानमा हुनेछ । यस प्रतियोगिताभव्य रुपमा सम्पन्न गर्न आर्थिक सहयोग गरि दिनहुन समेत अध्यक्ष कडेले आव्हान गरेका छन् । फोटो फाईल
