
धादिङ । नेपाल तेक्वान्दो संघ धादिङको खेलाडी उत्पादन र धादिङबाट सहभागि तेक्वान्दो खेलाडीको खेल प्रदर्शनले धादिङमा तेक्वान्दो खेल लोकप्रिय बनिसेको पुष्टि गर्ने नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशब पुरीले बताए । नेपाल तेक्वान्दो संघ, जिल्ला कार्यसमिति धादिङको बार्षिक साधारण सभाका प्रमुख अतिथि समेत रहेका पुरीले शुभकामना मन्तव्य राख्दै धादिङमा तेक्वान्दो थप विकासका लागि सधैं सगैं रहने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा विशेष अतिथिहरु मदन गिरी, कृष्ण पौडेल शुभकामना मन्तव्य सहित तेक्वान्दो खेल विकासको लागि आफूहरुले व्यक्तिगत र विभिन्न तहबाट सहयोग गर्ने बचन बद्धता व्यक्त गरेका थिए ।
थाक्रे गाउंपालिका वडा नं. ९ स्थित ५ किला (Around The Hills Villa) मा अध्यक्ष प्रदिप गिरीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले गल्छी तेक्वान्दो डोजाङ प्रमुख तथा प्रशिक्षक सुब्बा श्रेष्ठ, मलेखु तेक्वान्दो डोजाङ प्रमुुख तथा प्रशिक्षक धन बहादुर गुरुङ तथा पूर्व खेलाडीहरु शंकर खड्का र सन्तोष भुजेललाई कार्यसमितिमा मनोनित गरेको छ ।
कोषाध्यक्ष डेनिड वि.क.ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला कार्य समिति संचालनको लागि आर्थिक स्रोत जुटाउन सबैसंग आग्रह गर्दै नियमित रुपमा मासिक बैठक बसी कार्य प्रगती विवरण बनाउने र अभिलेखीकरणलाई दुरुस्त रख्नु पर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघ बागमती प्रदेश सदस्य मदन गिरी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तथा नेपाल तेक्वान्दो संघ धादिङका प्रमुख प्रशिक्षक रमेशमान तुलाधार, तेक्वान्दोका पूर्व खेलाडी तथा धुनीबेसी नगरपालिका नगर कार्यपालिका सदस्य कृष्णकुमार भुजेल र थाक्रे आदर्श युवा समाजका अध्यक्ष कृष्ण पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
