
धादिङबेँसीस्थित निजी विद्यालय एड्भान्स एकेडेमीमा कक्षा एक देखि कक्षा ८ सम्मका विद्यार्थीहरूको लागि गायन प्रतियोगिता सम्पन्न गरिएको छ । विद्यार्थीहरूको गायनप्रति रुचि जगाउने र साङ्गितिक बुद्दिमता भएका बालबालिकाहरूको पहिचान गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको थियो ।
कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको गायन प्रतियोगितामा प्रत्येक कक्षाबाट एकएकजना उत्कृष्ट गायक छनौट गरी कार्यक्रमबिच मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।
उत्कृष्ट गायन शैली हुनेहरूमा कक्षा १ बाट परिधि भट्ट, कक्षा २ बाट सुप्रिया इटनी, कक्षा ३ बाट सुनिता शाक्य, कक्षा ४ बाट रिकेश थपलिया, कक्षा ५ बाट आयाम खतिवडा, कक्षा ६ बाट बादल परियार, कक्षा ७ बाट सुश्मिता महतो र कक्षा ८ बाट साधना तामाङ पुरस्कृत भएका छन् ।
विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा र क्षमतालाई उजागर गर्नका लागि गायन प्रतियोगिता पनि आयोजना गरिएको विद्यालयका प्रिन्सिपल भिम श्रेष्ठले धादिङपोष्टलाई बताए ।
