चन्द्रोदयमा विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित

Avatar photo
Dhadingpost
साउन २६, २०७९

धादिङ । बेनिघाट रोराङ गाउँपाकिला विशालटारमा रहेको नमुना विदालय चन्द्रोदय माध्यामिक विद्यालयले एसईई २०७८ मा सफल हुने विद्यार्थीहरुलाई वधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

कार्यक्रममा 3.92 जीपीए उत्कृष्ट जिपिए ल्याएर धादिङ जिल्लामा दोश्रो स्थान प्राप्त गर्ने शिरिषा कुँवर, उत्कृष्ट जीपीए ल्याउने स्वेच्छा कुँवर 3.88, पुर्णिमा थपलिया 3.76, साधारण धार तर्फ 3.75 जीपीए सहित सामुदायिक विद्यालयमा गाउँपालिका प्रथम हुने कौशल कडुवाल, जेनिस त्रिपाठी 3.72 र स्वस्ती कडुवाल 3.64 लाई सम्मान पत्र र साधारण धारका प्रविना कडेल 3.30 र शिरिष कडेल 3.30 लाई प्रशंशापत्र द्वारा सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा उत्कृष्ट अभिभावकको रुपमा उद्दवराज डल्लाकोटी र चक्रनिधि कडुवाललाई सम्मान पत्रवाट सम्मान गरिएको छ । यस परीक्षामा विषयगत रुपमा सर्वोकृष्ट औसत जिपिए ल्याउने ल्याउने शिक्षकहरु रञ्जु थपलिया (Floriculture), निरवहादुर थापा मगर (computer science) र देवराज घलान ( EPH) लाई पनि गरिएको थियो । यसै अवसरमा प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाला फ्याक्ने विधामा प्रथम हुने अप्सरा सुनार र राष्ट्रिय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कवड्डी खेलमा तृतीय हुने लक्ष्मी आले मगरलाई पनि सम्मान पत्र र शिल्डवाट सम्मानित गरिएको थियो ।

विव्यस अध्यक्ष रोशनकुमार सिल्वालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा वेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण वहादुर थपलिया (विवेक) र गाउँपालिकाका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत बोधराज पाठकको उपस्थिति रहेको थियो ।