
धादिङ । ड्भान्स एकेडेमीले एसईई परीक्षा २०७८ उत्तीर्ण तथा कक्षा १२ को बोर्ड परीक्षामा सहभागि विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार होटल जनजिवीकाको सभाहलमा विशेष कार्यक्रम आयोजना गरी एसईई परीक्षामा उत्तीर्ण भएका ३३ जना, कक्षा १२ को बोर्ड परीक्षा दिइएर बसेका २७ जना विद्यार्थी, कक्षा १० र १२ सम्म अध्यापन गराउनुहने शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुको अभिभावकहरुलाई बधाई तथा सम्मान गरिएको हो ।
एड्भान्स एकेडेमीका संस्थापक कम्पनी अध्यक्ष अर्जुन कुमार श्रेष्ठ ‘गोर्खाली’ को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वयन समितिका उप–प्रमुख कुलमान वि.क. को प्रमुख आतिथ्यता रहेको थियो । विद्यालय सञ्चालन समितिका अध्यक्ष श्री बद्री प्रसाद तिवारी, प्रधानाध्यापक भिमबहादुर श्रेष्ठ लगायत विषयगत ईन्चार्जहरुको आतिथ्यता रहेको थियो ।

बधाई तथा सम्मान समारोहलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि कुलमान वि.क. ले उच्च शिक्षाका लागि अंकको आधारमाभन्दा पनि रुचि र दक्षताको आधारमा विषय छनोट गर्न सुझाव दिनुभयो । त्यसै गरी एड्भान्स एकेडेमीले धादिङ जिल्लामा शिक्षा क्षेत्रमा ठूलो योगदान पु¥याएको, यस विद्यालयमा अध्यापन गरेको विद्यार्थीहरुले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताउनु भयो ।
यसै गरी कार्यक्रमको अध्यक्ष अर्जुन कुमार श्रेष्ठ ‘गोर्खाली’ ले एड्भान्स एकेडेमीले विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलाप मात्र नभएर व्यवहारिक, नैतिक र संस्कारका विभिन्न उपायहरु सिकाउँदै नयाँ युगसँग लड्न सक्ने विद्यार्थीहरु उत्पादन गरेको बताउनुभयो । कार्यक्रममा विद्यालयको प्रधानाध्यापक भिम बहादुर श्रेष्ठले एसईई उत्तीर्ण तथा कक्षा १२ को बोर्ड परीक्षा दिइएर बसेको विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभयो ।

विद्यालयका भाइस प्रिन्सिपल रामकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा वि.सं २०७९ सालमा कक्षा ११ (व्यवस्थापन तथा कानुन विषय) मा नयाँ भर्ना हुने विद्यार्थी भाइबहिनीहरुलाई विशेष छुटको व्यवस्था समेत भएको बताउनुभयो ।
