जोखिम कम गर्न हामी प्रतिवद्ध छौं -उपमेयर विश्वकर्मा

Avatar photo
Dhadingpost
साउन १७, २०७९

धादिङ । स्थानीय गोपाल विश्वकर्मा सहित ७ जनाले सोमबार जोखिम युक्त स्थानको संरक्षण गरि जनधनको हुन जोगाई दिन भन्दै सोमबार जिल्ला प्रशासनमा निवेदन दिए र उक्त निवेदन बमोजिमको माग सम्बोधन गरिदिन भन्दै प्रशासनले नीलकण्ठ नगरपालिकालाई पत्रचार गरेको छ ।

उक्त पत्र बुझाउन नगरपालिका पुगेको गोपाल विश्वकर्मा सहित ७ जनालाई नीलकण्ठ नगारपालिकाका उप मेयर दिपक विश्कर्माले निवेदन आउनु पूर्व नै उक्त काम अगाडी बढी सकेको बताएका छन् । नीलकण्ठ नगरपालिका ३ र ४ मा अरुण खोलाले पुर्याएको क्षेती र हाल देखा परेको जोखिम नगरपालिकाले मुल्याङ्कन गरि सकेको र जोखिममा परेका स्थानीयहरुको लागि तत्काल कसरी सम्बोधन गर्न सकिन्छ स्थानीयहरु सँगै छलफल गरेर अगाडी बढ्ने उपमेयर विश्वकर्माले बताए ।

निवेदन जस्ताको तस्तैः