
धादिङ । नेपाल प्रेस युनियनको महाधिवेशनकामा बागमती प्रदेशबाट केन्द्रिय उपाध्यक्षका लागि चुनावी मैदनामा रहेका निलकण्ठ बहुमुखी क्याम्पसका धादिङका सहायक क्याम्पस प्रमुख एवम् गोरखापत्रका धादिङ संवाददाता डा. मुरारी अधिकारी विजयी भएका छन् ।
पार्टी संस्थापन पक्षबाट उम्मेदवारी दिएका मकवानपुरका गिरिजा अधिकारीलाई पराजित गर्दै डा. मुरारी अधिकारी बागमती प्रदेशबाट केन्द्रिय उपाध्यक्ष पदका लागि विजयी भएका हुन् । उनले प्रतिद्वन्दी गिरिजालाई १३ मतकाे अन्तरले पराजित गरेका हुन् ।
यस्तै संस्थापन पक्षबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका धादिङका सरोज अधिकारी पनि पराजित भएका छन् । उनलाई संस्थापन इतरका उम्मेदवार प्रेम केसीले पराजित गरेका हुन् । संस्थापन पक्ष कमजोर देखिएको युनियनको यस महाधिवेशनबाट अधिकांश पदमा संस्थापन इतरका उम्मेदवारहरु विजयी बने ।
प्रेस युनियन केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति समेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरेको छ । जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १२, महासचिव १, उपमहासचिव ६, सचिव १७, कोषाध्यक्ष १ र केन्द्रीय सदस्य ७६ जना समेत गरी कुल ११५ जना रहने व्यवस्था छ ।
