धादिङका अमृत तामाङ बागमती प्रदेश युवा परिषद सदस्यमा नियुक्त

Avatar photo
Dhadingpost
साउन ६, २०७९

धादिङ । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय मातहतमा रहेको युवा परिषदमा सदस्यमा धादिङका अमृत तामाङ नियुक्त भएका छन् ।

प्रदेश युवा परिषद् ऐन २०७६ अनुसार मन्त्रालयले उपाध्यक्षसहित युवाको हकहितको संरक्षणमा योगदान पु¥याएका महिला कम्तीमा तीन जनासहित छ जना र उद्योग, श्रम, कृषि, खेलकूद, विज्ञान प्रविधि, सूचना, सञ्चार, वातावरण, साहित्य तथा कलाक्षेत्रबाट प्रतिनिधित्व हुने गरी चार जना र लैङ्गीक तथा यौनिक अल्पसङ्ख्यक मध्येबाट एक जना गरी ११ जना सदस्य मनोनीत गर्ने व्यवस्था छ ।

उक्त व्यवस्था अनुरुप खेलकुद मन्त्री रत्न ढकालले धादिङका तमाङलाई युवा परिषद सदस्यमा नियुक्त गरेका हुन् । तामाङले नियुक्त आज लिए पनि सपथ ग्रहण भने सबै सदस्यहरु नियुक्त भएपछि मात्रै हुने बताईएको छ ।

युवा परिषदमा उपाध्यक्षमा सन्तोष चौलागाई छन् । उनलाई अहिलेको गठबन्धन सरकारले डोरमणी सरकारले बनाइएको भन्दै हटाएको थियो तर उनी अदालत गएपछि अदालतले पुनरबहालि गरिदिएको थियो ।