खनियावासमा किसानलाई कृषि सामाग्री वितरण

Avatar photo
Dhadingpost
असार २१, २०७९

धादिङ । खनियाबास गाउँपालिकाले उद्यमशिलता बिकास परियोजना मार्फत किसानलाई कृषि उपकरणहरु वितरण गरीएको हो । सोमबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ र उपाध्यक्ष सेक्केमान तामाङले किसानहरुलाई कृषि सामाग्री वितरण गरेका हुन् ।

कृषकहरुको २० प्रतिशत र खनियावास उद्यमशिलता विकास परियोजनाको ८० प्रतिशत साझेदारीमा मिनी टिलर २५ थान, घाँस काट्ने मेसिन २५ थान, कम्माईण्ड मिल २२ थान, दाना बनाउने मेसिन ३ र स्प्रे पम्प १२ थान कृषि औजारहरु किसानलाई प्रदान गरिएको पालिका उपाध्यक्ष सेक्केमान तामाङले धादिङपोष्टलाई बताए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा खनियावास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण नेपाली, प्रशासन शाखा प्रमुख नबराज श्रेष्ठ, वडा अध्यक्षहरु, वडा सदस्य लगायतको आतिथ्यता रहेको थियो ।