धादिङमा आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

Avatar photo
Dhadingpost
असार २०, २०७९

धादिङ । गत बैशाख २३ र २४ गते हुने भनिएको तर स्थानीय तहको चुनावी कारणले गर्दा स्थगित भएको धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु हुने जिल्ला खेलकुद विकास समिति धादिङले जनाएको छ ।

एथ्लेष्टिक, कराँते, तेक्वान्दो, उसु, भलिबल र कबड्डी खेलहरु समाबेश हुने यस प्रतियोगितामा पालिकाले छनोट गरि पठाएका १८ वर्ष मुनिका खेलाडीहरुले भाग लिन पाउने खेलकुद अध्यक्ष प्रतापसिंह तामाङले धादिङपोष्टलाई बताए ।

अंक स्कोरको आधारमा प्रथम दितिय र तृतिय हुने टिमलाई नगद पुरस्कार समेत दिईने उनले बताए । एथ्लेष्टिक बाहेकका सबै खेल नीलकण्ठ स्कुल अगाडी खेलकुदको आफ्नै जग्गामा हुने अध्यक्ष तामाङले बताए । फाईल फोटो