नीलकण्ठ १४ का राजु भन्ने प्रेमबहादुर तामाङ हत्या अभियोगमा पक्राउ

Avatar photo
Dhadingpost
असार १९, २०७९

धादिङ । नीलकण्ठ नगरपालिका १४ का राजु भन्ने प्रमेबहादुर तामाङलाई ज्यान मुद्धामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नीलकण्ठ १४ घर भई काठमाडौं म्हेपी बस्ने विमला थापा मगर २०७६ पुस ९ गते मृत अवस्थामा भेटिएकी थिईन ।

उक्त घटनामा अनुसन्धान गर्ने क्रममा नीलकण्ठ १४ घर भई तारकेश्वर बस्ने कुमारी तामाङ पक्राउ भईसकेको र उक्त घटनामा राजु पनि संलग्न देखिएकोले ३० महिना पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राजुलाई प्रहरीले असार १९ गते काठमाडौं मित्रनगरबाट पक्राउ गरि आवश्यक कार्वाहीको लागि प्रहरी वृत लैनचौर लगेको छ ।