धादिङबाट रविको पार्टीमा ४ जना केन्द्रीय सदस्य चयन

Avatar photo
Dhadingpost
असार १८, २०७९

धादिङ । निर्वाचन आयोगले शुक्रबार मात्रै दर्ता गरेको पूर्व संचारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय सदस्यमा धादिङबाट ४ जना चयन भएका छन् ।

गोलाकार भित्र घण्टी चुनाव चिन्ह पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय सदस्यमा पर्न सफल धादिङका ४ जना मध्य ३ जना ज्वालामुखी गाउँपालिकाका र १ जना त्रिपुरासुन्दरी गाउँपालिकाका छन् ।

धादिङको ज्वालामुखी गाउँपालिकाबाट डोल प्रसाद अर्याल, बसुमायाँ तामाङ, विष्णुकुमार श्रेष्ठ र त्रिपुरासुन्दरी गाउँपालिकाबाट उपेन्द्र पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सदस्यीय केन्द्रीय सदस्य भित्र परेका हुन् ।

लामो समय पत्रकारिता क्षेत्रमा रहेका रविले असार ७ गते एक कार्यक्रमबीच राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका थिए ।उक्त पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा गरेको छ । निर्वाचनमा राइट टु रिकलको प्रबन्धको माग पनि आफूहरूको प्रमुख एजेन्डा भएको लामिछाने बताउँछन् । लामिछानेले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा गरेका छन् ।

x