एड्भान्स एकेडेमीका विद्यार्थीले यसरी मनाए १५ असार

Avatar photo
Lawong Bijay
असार १५, २०७९

धादिङ । धादिङबेसी पुछारबजार स्थित एड्भान्स एकेडेमीमा असार पन्ध्रको अवसरमा प्रि(प्राइमरी तहको राइमिङ प्रतियोगिता सम्पन्न गरिएको छ । त्यसैगरी कक्षा प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले दही चिउरा खाएर असार पन्ध्र मनाएका छन् ।

राइमिङ प्रतियोगितामा प्ले ग्रुप देखि कक्षा यूकेजी सम्मका विद्यार्थीहरूको अठार वटा समूहहरूले छुट्टाछुट्टै राइमहरू प्रस्तुत गरेका थिए । जस मध्ये कक्षा यूकेजी सन सेक्सनले प्रथम स्थान हाँसिल गरेका थिए । त्यस्तै कक्षा एलकेजीका मयूर र डाँफे सेक्सनका विद्यर्थी समूहहरू क्रमशस् द्वितीय र तृतीय भएका थिए ।

विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रि(प्राइमरी तहको अविभावकहरूको पनि उपस्तिथि रहेको थियो ।

ससाना विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने र विद्यार्थीहरूलाई असार पन्ध्रको महत्वको बारेमा जानकारी गराउने हेतुले कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल श्रेष्ठले बताए ।