
धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले १८ वटा हेल्थपोष्टबाट टोल टोलमा घुम्ती स्वास्थ्य शिविर संचालन सुरु गरेको जनाएको छ ।
नगरपालिकाको स्वास्थ्य प्रमुख विष्णु रिजालका अनुसार जेष्ठ नागरिहरुलाई लक्ष्यित गरेर नियमित टोलटोमा घुम्ती शिविर सुरु गरेको हो ।
शिविरमा प्रारम्भिक चेक जाँच, परामर्श र औषधी वितरण हुने र गम्भीर समस्या देखिए तत्काल थप उपचारको लागि रिफर गरिने रिजालले बताए ।
