
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका निवासी हरिकृष्ण सिटाेैलाले Asia Young Achiever Award 2021-2022 प्राप्त गरेका छन् ।
सिटौला १७ वर्षको उमेर देखि निरन्तर शिक्षा क्षेत्रमा छन् । उनी अहिले नेत्रावती सामुदायिक बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखको रुपमा कार्यरत छन् ।
एसिया अवाड कार्यक्रमको आयोजना रुला अवाड द्वारा भारतको तमिल नाडु प्रदेश स्थित होटेल बृज रेजिडेन्सीमा 19 June 2022 मा सम्पन्न भएको थियो । यस अन्तर्राष्ट्रियस्तरको अवाडका लागि ३५ देशका २०० भदा बढीले प्रतिस्पर्धा गरेका थिए ।

